You Are Here: Home - Bollywood - सस्मिता मिस लिटिल नेवाः


काठमाडौं । सस्मिता प्रजापतिले मिस लिटिल नेवाः २०१२ को ताज हात पार्न सफल भएकी हुन् । नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्दृश्यसाथ नेप्लिज फेसन होमले आयोजना गरेको मिस लिटिल नेवाः २०१२ मा लुमना महर्जनले फस्ट रनरअप र अनिशा खड्कीले सेकेण्ड रनरअपको उपाधि आफ्नो नाममा पार्न सफल भएका छन् ।
यसैगरी सिभानी बलामीले मिस बेस्ट हेयर, निशा शाक्यले मिस बेस्ट स्किन, युनिसा महर्जनले मिस चार्मिङ, श्रेना मल्ले मिस पर्सनालिटी, मेग्ना श्रेष्ठले मिस डिसिप्लिन र इभा महर्जनले मिस बेस्ट ड्रेसको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
९ देखि १३ वर्ष उमेरका नेवार समुदायका बालिका सहभागी भएको मिस लिटिल नेवाःमा मिस ट्यालेन्टको उपाधि सृष्टि महर्जनलाई प्रदान गरिएको थियो भने मिस फ्रेण्डशीप सृष्टिमा महर्जन, गुड पर्फरमर प्रिन्सा महर्जन, मिस फोटोजेनिक रस्तिका शाक्य र मिस नेपाल भाषा विदेदिता तुलाधरलाई प्रदान गरिएको थियो । अन्तिम प्रतिस्पर्धामा ३६ जना भए पनि पहिलो चरणमा १५ जना र दोस्रो चरणमा आठ जनाको छनोट गरी विजयी घोषित गरिएको थियो । प्रतियोगीले नेपाल भाषा वा अंग्रेजीमा उत्तर दिनुपर्ने व्यवस्था गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा मिस लिटिल नेवाःको विजेता, फस्ट रनरअपले र सेकेण्ड रनरअपले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार जित्नुका साथै विभिन्न उपहार प्राप्त गरे ।

Tags: Bollywood

0 comments

Leave a Reply