You Are Here: Home - Top Story - कलेजको पोशाक लगाउनेले गेष्ट हाउस नपाउने
काठमाडौं । राजधानीमा सञ्चालित गेष्ट हाउसमा दिउँसै यौनजन्य गतिविधि हुन थालेको गुनासो बढेपछि कलेजको पोशाक लगाएका विद्यार्थीले गेष्ट हाउस बुक गर्न नपाउने भएका छन् । छात्र–छात्राहरु कलेज बंक गरेर दिउँसै गेष्ट पुग्ने र यौनजन्य गतिविधिमा संलग्न हुने गरेको गुनासो बढ्दै गएपछि बागबजार क्षेत्रका गेष्ट हाउस व्वयसायीहरुले सो आचार–संहिता लागू गरेका हुन् । उनीहरुले सात बुँदे आचार–संहिता जारी गर्दै गेष्ट हाउस बुक गर्ने पाहुनाले अनिवार्य रुपमा आफ्नो स्थायी ठेगाना र सम्पर्क नम्बर उल्लेख नगर्ने, साथै यौन विकृतिमा लागेको आगू औषधको कारोबारमा लागेका व्यक्तिलाई गेष्ट हाउसको कोठा बुक गर्न नदिने जनाएका छन् । सो आचार–संहिनता अनिवार्य रुपमा सूचना पाटीमा टाँस गर्ने र आचार–संहिता पालना नगर्नेलाई कोठा नदिने समेत उनीहरुले जनाएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीले किशोर किशोरीले सुरक्षित रुपमा यौनजन्य गतिविधि गर्ने स्थल गेष्ट हाउसलाई बनाएकाले त्यस्तो विकृति रोक्नु सबैको साझा दायित्व भएको बताए । गेष्ट हाउस व्यवसायी संघले जारी गरेको आचार–संहिता राम्रो छ, तर सबैले पालना गर्नुपर्छ, त्यसका लागि सबैले आफ्नो दायित्वलाई बिर्सनु हुँदैन, एसएसपीले भने । अहिले बागबजार क्षेत्रमा जम्मा ६० ओटा गेष्ट आउस रहेका छन् ।
0 comments