You Are Here: Home - - समलिङ्गी र तेस्रो लिङ्गीको खेल महोत्सव नेपालमा


काठमाडौं । नेपालमा पहिलो पटक समलिङ्गी र तेस्रो लिङ्गीको अन्तर्राष्ट्रियस्तरको खेलकूद महोत्सव हुने भएको छ । ब्लू डाइमण्ड सोसाइटीको आयोजना तथा नेपाल स्पोटर्स फाउण्डेसनको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान लगायत १७ देशको सहभागिता रहने जनाइएको छ जसमध्ये, भारत, बंगलादेश, पाकिस्तानको सहभागिता पक्का भइसकेको छ ।
असोजको अन्तिम सातामा हुने प्रतियोगितामा नेपालका करिव २०० सय खेलाडीले भाग लिनेछन् । सो खेलकूद महोत्सवमा फूटवल, भलिबल, क्रिकेट, म्याराथन, ब्याडमिन्टन, पौडी, लङगजम्प लगायतका खेल सामेल छन् । सन २०१२ को लण्डन ओलम्पिकमा पनि २३ जना समलिङ्गीको सहभागिता रहेकोमा दश जनाले पदक जितेको जनाउँदै नेपाल स्पोटर्स फाउन्डेसनले यसबाट पनि अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने जनाएको छ ।  ब्लू डाइमण्ड सोसाइटीका अध्यक्षले दक्षिण एशियाली देशमा पहिलो पटक यस्तो किसिमको प्रतियोगितामा आयोजना हुन लागेको जनाएको छ । यस प्रतियोगिताबाट नेपालको खेलकूद पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ । नेपालमा समलिङ्गी र तेस्रो लिङ्गी निर्भयपूर्ण रुपमा आउन सक्ने वातावरण सृजना हुनेछ यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने छ । नेपालमा समलिङ्गी र तेस्रो लिङ्गीप्रति कुनै भेदभाव नभएको सन्देश यस खेल महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमा जाने छ ।
Tags:

0 comments

Leave a Reply