You Are Here: Home - Blog - देवानन्दको निधनले नेपाली फ्यानहरु समेत शोकमा

काठमाडौँ । हिन्दी चलचित्रका सदावहार अभिनेता देवानन्दको निधनले भारतमा मात्र होइन नेपालमा समेत शोक छाएको छ । नेपाली कलाकारहरु तथा दर्शकहरुले समेत अभिनेता देवानन्दको निधन प्रति शोक व्यक्त गरेका छन् ।  साहित्यकार एव संचारकर्मी धिरेन्द्र प्रेमर्षीले पन्ध्र वर्षअघि आफु कामनाको सम्पादक छँदा देवानन्दसँग गरेको कुराकानी सम्झदै आफ्नो फेसबुकमा समवेदना व्यक्त गरेका छन् । प्रेमर्षीले  त्यतिखेर उनको नेपालप्रेम र आफ्ना प्रशंसकहरूप्रतिको विशेष व्यवहारले निकै प्रभावित भएको फेसबुकमा उल्लेख गरेका छन् । आफ्नो  लागि ऐतिहासिक महत्त्व राख्ने भन्दै देवानन्दसँग खीचाएको  तस्विरहरू समेत उनले सार्वजनिक गरेका छन् ।



पाँच दशक भन्दा लामो समय बलिउडमा बिताएका देवानन्दको निधनले सिंगो मुलुकलाई अपुरणिय क्षति पु¥याएको भन्दै भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस अध्यक्ष सोनिया गान्धी लगायतले समेत  शोक व्यक्त गरेका थिए ।


याद आउने छ देवानन्द – अशिम

देवानन्दका एक नेपाली फ्यान अशिम पौडेलले आफ्नो ट्विटर अकाउन्टमा लेखेकाछन् । " देवानन्द हामी तिमीलाई सँधै सम्झी रहने छौँ ।"

देवानन्दको शनिवार नै निधन भएको हो । देवानन्दका प्रबन्धक मोहन चूडीवालाको अनुसार उनका छोरा सुनिलले नुहाएर बाहिर निस्कदा पूर्ण अचेत अवस्थामा रहेका पिता  देवानन्दलाई देखेका थिए । त्यसपछी सुनिलले चिकित्सकलाई बोलाएका थिए । रात १० बजे लन्डनमा उनको निधन भएको हो । उनि ८८ वर्ष उमेरका थिए ।  पारीवारिक श्रोतले जनाए अनुसार उनि केहि दिन यता अस्वस्थ भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो ।

देवानन्दको संक्षिप्त जीवनीको लागी यहाँ क्लीक गर्नुहोस् ।
Tags: Blog

0 comments

Leave a Reply