You Are Here: Home - Blog - महिलामा बढी यौन
सामान्य पुरुष यौनका लागि बढी उत्सुक रहन्छन् भन्ने मानिन्छ । एक अनुसन्धानले अर्कै तथ्य बयान गर्छ । पुरुष लामो समयसम्म सम्बन्धलाई कायम राख्नमा खुशी अनुभव गर्छन्, जबकि महिला भने यौनलाई प्राथमिकता दिन्छन् ।
इण्डियाना विश्वविद्यालयको अनुसन्धान अनुसार महिलाको दाँजोमा पुरुष गला मिलाउन र चुम्बन लिन रुचाउँछन् भने महिला यौनतर्फ बढी उत्सुक रहन्छन् । यो अध्ययन पाँच देशका एक हजारभन्दा बढी दम्पत्तीमा गरिएको हो जसको उमेर ४० देखि ७० वर्षसम्मका थिए । अनुसन्धान प्रमुख जुलिया हेडमेनले यो ताजा नतिजाका कारणबारे यसरी भनेकी छन्, प्रारम्भिक १५ वर्ष महिला बच्चाको पालन पोषण गर्ने क्रममा बढी भावनात्मक हुन्छन् । सयम बित्दै जाँदा कामको दवाव कम हुँदै जान्छ र महिलालाई बढी यौन सन्तुष्टि प्राप्त हुन्छ । किनभने बच्चा ठूलो हुनासाथ उनीहरुको जीवन परिवर्तित हुन्छ ।
0 comments