You Are Here: Home - - प्रचण्डको विलासी जीवनको चर्चा बेलायती अखबारमा

काठमाडौं । प्रधानमन्त्री भएको समयमा महँगो पलङ र घडीको कारण विलासी नेताको  छवि बनाएका  माओवादी अध्यक्ष प्रचण्डको विलासी जिवनको चर्चा पछिल्लो समयमा नेपालमा मात्र होइन बेलायतमा समेत हुन थालेको छ । बेलायतको चर्चित पत्रिका द टेलिग्राफले आज १० वर्षे भुमीगत युद्धबाट राजसंस्था ढाल्दै सबैभन्दा ठुलो दलका नेताको रुपमा परिचय बनाएका प्रचण्डको विलासी घर र घरमा राखीएको ब्याडमिन्टन कोर्ट र स्वीमिङपुल सम्बन्धी समाचार प्रकाशीत गरेको छ । कुनै समयमा तत्कालिन राजनीतिक दलका नेताहरु तथा राजपरिवारको विलासी जिवनको विरोध गर्दै आएका प्रचण्डको जिवनशैली समेत अहिले विलासीता तर्फ ढल्किएको पत्रिकाको दाबी छ ।
उनले कुनै बेला आफ्नो सत्रुको रुपमा देख्ने स्वर्गीय राजा विरेन्द«का सैन्य सल्लाहकार जनरल शन्त कुमार मल्लको घर हाल भाडामा लिएका छन् । कम्पाउण्ड सहितको १५ कोठा र १० वटा कार अटाउन सक्ने लाजिम्पाट स्थीत सो घरमा हाल परिवार सहित प्रचण्ड बस्दै आएका छन् ।  जनताको औसत मासिक  आय २०० पाउण्ड भन्दा कम भएको देशका पार्टी अध्यक्षले ८०० पाउण्ड भन्दा बढि घरभाडामा मात्र खर्च गरेको कुरालाई पत्रिकाले आलोचनात्मक ढंगले प्रस्तुत गरेको छ ।

Telegraph.co.uk
Tags:

1 comments

  1. Anonymous says:

    The party belongs to poor has rich leader. He he he... HE IS POLY-TRICK-CIAN.

Leave a Reply