You Are Here: Home - - ♥♥♥ यो माया भन्ने चिज यस्तै हो!! !♥♥♥


♥♥♥ यो माया भन्ने चिज यस्तै हो!! !♥♥♥

boy:-“खाना खायौ ?”
girl:-“खाएँ !”
boy:-“के के खायौ ?”
girl:-“अँ……भात, अनि तरकारी, अचार, अलिकति घ्यु पनि”
boy:-“ओहो !! घ्यु पनि खा’को आज ?”
girl:-“खाइदेको नि !! मोट्टाउनु परो नि अलिअलि !”
boy:-“के को तरकारी खायौँ ?”
girl:-“काउली अनि साग !”
boy:-“मलाई त काउली कस्तो मिठो लाग्छ । साग चैँ रायोको मात्रै मनपर्छ । अरू चैँ खासै मनपर्दैन ।”
girl:-“तोरीको साग पनि मनपर्दैन ?”
boy:-“ठिकै लाग्छ !”
girl:-“मलाई त एकदमै मिठो लाग्छ ।”
boy:-“त्यसोभए आजदेखि मलाई पनि मिठो लाग्न थालो तोरीको साग ।”

(मायाले भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर्छ मायाले ।)

girl:-“अनि सुन न । त्यो ****ले त मलाई अस्ति कस्तो जिस्कायो नि बाटोमा ।”
boy:-“अब गयो त्यो । ** !
मेरी बुढि जिस्काउने ?”
girl:-“भईहालो नि त । छोड्देऊ । कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ नगर है प्लीज !”
boy:-'” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।”
girl:-“पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै भन्दिनँ त्यसोभए यस्तो कुरा !”
boy:-“लु त लु केहि भन्दिनँ । अब खुसी ?”
girl:-“अँ………….”

(कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति छिट्टै शान्ति पनि पारिदिन्छ मायाले )

girl:-“मैले आज कुस्तो खालको ईयर रिङ्ल गाको थिएँ भन त ।”
boy:-“अँ………………खैरो..झुम्कावाला ।”
girl:-“जे पायो त्यहि । मेरो केहि कुरा विचार गर्दैनौ तिमी त !”
boy:-“त्यसो होइन, हिजोको कि आजको हो झुक्किएछु नि त । के लाकि थियौ भन्देऊ न त ।”
girl:-“त्यो कालो टप होइन ?”
boy:-“ए….हो त !! कस्तो बिर्सेको मैले ।”
girl:-“देखेऊ !! म भन्छु नि तिमी मेरो केहि कुराको विचार गर्दैनौ भनेर
।”
boy:-“सरी नि त…भईहालो नि !!! अबदेखि सबै
कुरा विचार गर्छु नि…हस् ?”
girl:- “हस्…...म मख्ख परेँ ।”

(कति छिटो झगडा र कति छिटो मिलान पारिदिन्छ मायाले )

girl:-“तिमीले मलाई बिर्सिन्छौ होला तर पछि….”
boy:-“त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?”
girl:-“त्यो त लाग्दैन…
त्यहि पनि नि **को जात् !”
boy:-“अझै पनि शंका गर्छौ मलाई ?”
girl:-“अलिअलि लागेर पो सोधेको त !”
boy:- “अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु नि तिम्रो लागि । हस् ?”
girl:- “हस् ! …..” (मिठ्ठो हाँसोको साथ )

(कति छिट्टै शंका अनि कति छिट्टै निवारण पनि खोजिदिन्छ मायाले )

copied from Badri Rimal's FB)
Tags: