काठमाडौं । समर सिजनको सुरुवातसँगै सपिङ मल तथा डिपार्टमेन्टल स्टोरहरुमा समर वेयर सपिङको लहर चलेको छ । हरेक मौसमलाई आफ्नो फेवर बनाउन सिपालु पछिल्लो पुस्ताले समर वेयरलाई पनि फेसनेवल बनाएका छन् । काठमाडौंका सपिङ मल तथा डिपार्टमेन्टल स्टोरहरुमा समर वेयरको विक्री ह्वातै बढेको विक्रेताहरु बताउँछन् ।
प्राय टिनेजर्सकै डिमान्ड अनुसार नै विक्रेताहरुले पनि विभिन्न फेसनेवल लुगा तथा एक्सेसरिजहरु राख्ने गरेका छन् ।
ईन्टरनेटको विकाससंगै नयाँ पुस्ता हरेक विषयमा अपडेट रहन चाहन्छ । ग्याजेट र एक्सेसरिजमा पनि प्राय हलिउड तथा कोरियन सेलिब्रेटीहरुको प्रभाव देख्न सकिन्छ ।