You Are Here: Home - Social Media - अश्लिल भिडियोको लिन्क पोष्ट हुने समस्याबाट कसरी बच्ने ?

How to Stop Facebook Spam links Posting Automatically on Walls | Tips to Stop Facebook Spam porn Video Links.


अटोमेटिक रुपले फेसबुकको वालमा अश्लिल भिडियोको लिन्क पोष्ट हुने समस्यालाई न्युनिकरण गर्ने केहि ट्रिकहरु प्रस्तुत गर्न लागेको छु । मैले टेस्ट गरेको मध्ये निम्न टिप्सहरुलाई फलो गरेमा ९५ प्रतिशत समस्या सामाधान हुन्छ । जानेर वा नजानेर त्यस्ता कुनै लिन्कमा क्लिक गर्नु भयो भने अटोमेटिक रुपले तपाईको इन्टरनेट ब्राउजरमा त्यस्ता स्क्रीप्ट वा मालवेयरहरुले स्थान पाउने छन् । जुन यति क्षमतावान् हुन्छन् की बिना अनुमति त्यस्ता अश्लील लिन्कहरु तपाई र तपाईको साथीहरुको वालमा पोष्ट हुन्छन् ।


कसरी रोक्ने स्पाम लिन्क ?

स्टेप १


सबैभन्दा पहिले आफ्नो फेसबुक अकाउन्टलाई सेक्युर मुडमा लैजानुहोस् । सेक्युर ब्राउजिङको लागि तपाईले यो स्टेप फलो गनु आवश्यक छ । जस्को लागि फेसबुकको अकाउन्ट सेटिङमा जानुहोस् । तलको चित्रमा जस्तै



 अकाउन्ट सेटिङमा गएपछि तलको चित्रमा देखिए जस्तै बायाँ तर्फको सेक्युरेटी ट्याबमा क्लीक गर्नुहोस् ।



सेक्युरिटी ट्याबमा क्लीक गरेपछि तपाईले सेक्युर ब्राउजिङ लेखेको देख्नुहुनेछ । जस्को दायाँ तर्फ इडिट अप्सन देख्नुहुनेछ । जहाँ तपाईले राइट चिन्ह लगाइएको छ भने ठिकै छ नभए सो अप्सनमा टिक लगाइ सेभ गरेर एक्टीभेट गर्नुहोस् । तलको चित्रमा जस्तै



स्टेप २

अब तपाईको नाममा साथीको वालमा पोष्टभएका लिन्कहरुलाई रिमुभ गर्ने पालो । तर यस्कालाई धेरै समय लाग्ने भएकाले साथीहरुको वालबाट त्यस्ता पोष्टहरु रिमुभ गर्नु नै राम्रो हुन्छ ।


स्टेट ३

पासवर्ड चेन्ज गर्नुहोस् । जस्का लागि Go to Account Setting > General > Password ( Edit )

स्टेप ४

अब पालो ब्राउजरमा रहेका डाटाहरुलाई हटाउने । जस्को लागि आफुले चलाउने ब्राउजर अनुसार निर्देशनहरु पालना गर्नूहोस् ।


गुगल क्रोम ब्राउजर प्रयोगकर्ताहरुको लागि

 CONTROL + SHIFT + DELETE की एकैसाथ क्लीक गर्नुहोस् । त्यसपछी तपाईले पप अप बक्स देख्नुहुनेछ । त्यसपछी सम्पूर्ण ब्राउजिङ डाटालाई क्लीयर गर्नुहोस् ।





मोजिला फायरफक्स प्रयोगकर्ताहरुको लागि

 CONTROL + SHIFT + DELETE की एकैसाथ क्लीक गर्नुहोस् । त्यसपछी तपाईले पप अप बक्स देख्नुहुनेछ । त्यसपछी सम्पूर्ण ब्राउजिङ डाटालाई क्लीयर गर्नुहोस् । टाइम रेन्ज टु क्लीयरमा एभ्रिथिङ बनाएर मात्र क्लीयर नाउमा क्लीक गनूहोला ।
Tags: Social Media

0 comments

Leave a Reply